(बाजुरा) कात्तिक २३ गते । बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरबाट एक हजार ६ सय ६० जना नागरिक लाभान्वित भएका छन् । कात्तिक १७ देखि २१ गतेसम्म चलेको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो । अस्पतालका अनुसार ९२ जनाको शल्यक्रिया (अपरेशन) […]
गुलरिया (बर्दिया) कार्तिक १९ गते । बर्दियामा आयोजित शिविरमा १४ वटा हात्तीकाे उपचार गरिने भएको छ । अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचार गरिएको हो । मङ्गलबारदेखि सञ्चालन भएको शिविर बुधवार साँझसम्म चल्नेछ । […]
काठमाडौं , कार्तिक १८ गते । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको अस्पतालले आगामी कात्तिक २४ गते राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव […]
बागलुङ, कात्तिक १८ गते । पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ । नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । अस्पताल […]
सिन्धुलीमाढी, कात्तिक १७ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच […]
सल्यान, कात्तिक १७ गते । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् । दुई स्थानमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २५७ जना महिला र १५५ जना पुरुषले सेवा लिएको दार्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नम्बर, ३ र आइतबार वडा नम्बर, […]
गुल्मी, कात्तिक १३ गते । गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । हालसम्म स्वास्थ्य बिमामा यहाँका एक लाख २७ हजार ३५५ नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । […]
पश्चिम नवलपरासी, कात्तिक १२ गते । जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ । नाफामुखी उद्देश्यबाट पूर्ण रूपमा अलग रही स्थापित यस अस्पतालले विशेषज्ञ शल्यक्रिया सेवा (जनरल तथा ल्याप्रोस्कोपी सर्जरी) सञ्चालनमा ल्याएको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४, चौपत्तामा […]
काठमाडौँ, कात्तिक २ गते । नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार कायम गरेको छ । नर्भिक अस्पतालका […]
बागलुङ, कात्तिक ३ गते । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको […]