alliance khabar

सोमबार, पुष ०७, २०८२

काठमाडौँ, पुस ६ गते ।

नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि भावातीत ध्यानको माध्यमबाट नेपालले विश्व शान्तिको नेतृत्व गर्न सक्ने बताउनुभएको छ।

काठमाडौँको ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीस्थित ध्यान केन्द्रमा, दोस्रो  विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले महर्षि भावातीत ध्यान केवल व्यक्तिगत मानसिक शान्तिका लागि मात्र नभई सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनाको प्रभावकारी माध्यम भएको बताउनुभएको हो।

कार्यक्रमा उहाँले नेपाल प्राचीनकालदेखि नै योग, ध्यान र वैदिक परम्पराको भूमि भएकोले विश्वलाई शान्तिको मार्ग देखाउने ऐतिहासिक जिम्मेवारी नेपालकै काँधमा रहेको बताउनुभयो ।

उहाँले, देशमा रहेकाे जनसङ्ख्याको एक प्रतिशतले मात्र भावातीत ध्यानसहित सिद्धि सूत्रको अभ्यास गर्दा सबैलाई फल मिल्ने अनुसन्धानले नै प्रमाणित गरेको बताउनुभयो ।

पूर्व सांसद एलपी साँवाले साँढे दुई वर्ष अघि आफू यस आश्रममा ध्यान गर्न आइपुगेको स्मरण गर्देै , ध्यान अभ्यासका क्रममा आफूले मांस र मध्यपान छोडी थप स्वास्थ्य लाभ लिन सफल भएको कार्यक्रममा बताउनुभयो।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतिले जीवनको सात दशक पार गरिसकेपछि आफूले ध्यान सिकेर शक्तिवृद्धि गरेको बताउनुभयो।

उहाँले, विद्यालय तहदेखि नै ध्यान सिकाएर भविष्यका कर्णधारलाई असल नागरिक बनाउनुपर्ने जाेड दिनुभयाे ।

शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले भावातीत ध्यानविधि, सरल, सहजका साथै छोटो र मिठो पनि भएको सुनाउनुभयो। देखिने कुरा अथवा कुनै वस्तुमा ध्यान गरेर छटपटी हुने भएकाले नदेखिने आत्मासँग जोडिएको यसको अभ्यास गरिनुपर्ने उहाँको विचार थियो। पुर्खाको भाषामा ब्रह्मा र बुद्धको भाषामा शून्यमा पुग्नु नै ध्यान भएको उहाँको भनाइ थियो।

आध्यात्मिक गुरु डा. चिन्तामणिनाथ योगीले भारतमा जन्मिएका साधुमध्ये महर्षि महेश योगीले नै नेपाल विश्वगुरु हो भनेको स्मरण गर्नुभयो । आत्मयोग भन्दा ठूलो अर्को योग नभएकोले यसको नियमित अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफूले सिकेका विभिन्न ध्यानविधिमध्ये यो सबैभन्दा सरल विधि भएको बताउनुभयो।

कार्यक्रममा ध्यान एवं सिद्धि शिक्षक माधव अर्यालले ८० प्रतिशत रोग तनावबाट र ८० प्रतिशत तनाव चिन्ताबाट हुने गरेको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित गरेकाले यसको न्यूनीकरणका लागि ध्यान साधनामा नियमितता हुन जरुरी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा ध्यान एवं सिद्धि प्रशिक्षक अभिमन्यु नेपाल ध्यान शिक्षकहरू निरोज खनाल, बिमल पौडेल, भरतराज पौडेल लगायतले ध्यानले व्यक्तिको स्वास्थ्यमा सुधार सामाजिक व्यवहारमा परिवर्तन एवं अशान्त मनका कारण शरीरमा लाग्ने रोगको कमी आउने लगायतका विषयमा चर्चा गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल