कागेश्वरी मनोहरा नगर अस्पतालद्वारा पदपूर्ति सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित

काठमाडौँ ,मंसिर ८ गते। कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको कागेश्वरी मनोहरा नगर अस्पतालले पदपूर्तिसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। अस्पतालले मिति २०८२/०७/२० मा प्रकाशित सूचनाअनुसार पदपूर्तिका लागि सिफारिस हुने उम्मेदवारहरूको छनोट प्रक्रियामा प्रयोग हुने मूल्यांकनका आधारहरू अस्पतालको आधिकारिक वेबसाइटमा प्रकाशन गरिएको जानकारी गराएको हो। अस्पतालले वेबसाइट hospital.kageshworimanoharamun.gov.np मा मिति २०८२/०८/०८मा अपलोड गरिएको विवरण हेरी पदपूर्ति प्रक्रियाबारे […]

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बढीको उपचार

नेपालगन्ज, मङ्सिर ८ गते । नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ । विक्रम संवत् २०४३ सालमा स्थापना भएको सो अस्पतालले ओपीडि सेवा मार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेकोमा ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको […]

स्वास्थ्य मन्त्री डा.गौतम र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता

काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ । उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा.गौतमले दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्धिपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन […]

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

म्याग्दी,  मङ्सिर ७ गते ।  प्रदेश सरकारले समयमा चिकित्सकका  व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट  म्याग्दी ,मुस्ताङ सहित पर्वतको […]

निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द

नेपालगन्ज, मङ्सिर ७ गते । बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो । आमा सुरक्षा […]

बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

नेपालगन्ज, मङ्सिर ३ गते । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार […]

उवासंघ र राजनीतिक दलबिच प्रदूषणको विषयलाई लिएर विवाद

पश्चिम नवलपरासी, मङ्सिर २ गते ।  पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो । प्रदूषण र अनुगमनको पृष्ठभूमि रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स […]

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त

काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो । यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको […]

नेपाली सेनाको स्वास्थ्य शिविरमा झण्डै दुई सय लाभान्वित

म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन […]

स्वास्थ्य अवस्था गम्भीर भएकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

रुकुमपश्चिम, कात्तिक २८ गते । रुकुमपश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ निवासी ३९ वर्षीया मोती बिकलाई शुक्रबार हेलिकोप्टर मार्फत रुकुमपश्चिमको सल्लेबाट सुर्खेत लगिएको हो । रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी जिल्ला अस्पतालले गराएपछि राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत उहाँलाई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल