काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ । उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा.गौतमले दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्धिपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन […]
म्याग्दी, मङ्सिर ७ गते । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको […]
नेपालगन्ज, मङ्सिर ७ गते । बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो । आमा सुरक्षा […]
नेपालगन्ज, मङ्सिर ३ गते । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार […]
पश्चिम नवलपरासी, मङ्सिर २ गते । पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो । प्रदूषण र अनुगमनको पृष्ठभूमि रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स […]
काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो । यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको […]
म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन […]
रुकुमपश्चिम, कात्तिक २८ गते । रुकुमपश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ निवासी ३९ वर्षीया मोती बिकलाई शुक्रबार हेलिकोप्टर मार्फत रुकुमपश्चिमको सल्लेबाट सुर्खेत लगिएको हो । रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी जिल्ला अस्पतालले गराएपछि राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत उहाँलाई […]
काठमाडौँ, कात्तिक २६ गते । काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले […]
विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश […]