alliance khabar

सोमबार, माघ ०५, २०८२

बागलुङ, माघ ५ गते ।

 क्यान्सर पीडितलाई ‘बाँच्ने अधिकार’को अभियानमा साइकल यात्रा गर्नुभएका सिन्धुपाल्चोकका हर्क लामा र काठमाडाैंकी कविता चित्रकारसहितको टोली बागलुङ आइपुगेको छ । बागलुङ बजारमा आएको साइकल यात्रीलाई आइतबार नगर उपप्रमुख राजु खड्काले स्वागत गर्नुभएको थियो ।

साइकल यात्रीसँग अन्तरक्रिया गर्दै उप–प्रमुख राजु खड्काले दिर्घरोगीका लागि उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग लगायतका पीडितलाई उपचारमा सहयोग गर्दै आएको बताउनुभयो । साइकल यात्राको क्रममा टोलीले आसपासका क्षेत्रमा क्यान्सरविरुद्व सचेतना अभियान, सहयोग सङ्कलन र अन्तरक्रिया समेत गर्दै आएको छ ।

पुस १७ गतेदेखि पाँचथरको चिवा भञ्ज्याङदेखि सुरु भएको साइकल यात्रा बैतडीको झुलाघाटसम्म पुग्ने लक्ष्य छ । शनिबारसम्म २३ लाख रुपियाँ सङ्कलन भैसकेको र जनवरी ३० मा अभियन सकिएपछि फेब्रुअरी ४ गते विश्व क्यान्सर दिवशमा रकम सार्वजनिक गरेर अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको साइकल यात्री हर्क लामाले जानकारी दिनुभयो ।

‘‘क्यान्सरका बिरामीसहित चिकित्सक र खेलाडीले पनि अभियानमा साथ दिनुभएको छ,’’ लामाले भन्नुभयो । यात्रासँगै क्यान्सर पीडितलाई उपचार कोष बनाउने अभियान बनाएर सहयोगमा विभिन्न क्षेत्रका व्यक्तिले साथ दिएको उहाँको भनाई थियो । मेची महाकाली यात्राका लागि उहाँहरुले मध्यपहाडी लोकमार्ग रोज्नुभएको छ । ‘‘लोकमार्गको यात्रामा भेटिने नागरिकसँग हामीले साक्षात्कार पनि गरिरहेका छौं,’’ लामाले भन्नुभयो ।

बाँच्ने अधिकारको अभियानमा धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकार, हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीसहित १५ जना सहभागि हुनुहुन्छ । यात्राको क्रममा टोलीले सामाजिक अगुवा, स्थानीय तहका प्रमुख, उपप्रमुख र संचारकर्मीसँग भेट गर्दै आएको छ । ‘‘क्यान्सरको उपचार नेपालमै संभव छ, खर्च अभावमा कोही मर्न नपरोस् भन्ने नागरिकमा सन्देश प्रवाह पनि गरिरहेछौं,’’ डा. ताम्राकारले भन्नुभयो ।

यो अभियानमा सङ्कलन हुने रकममा धुलिखेल अस्पतालले त्यति नै थप गरेर अक्षयकोष बनाउने योजना छ । यो कोषबाट विपन्नलाई निशुल्क उपचार सेवा दिने, समस्यामा परेकोलाई राहत दिने लक्ष्य राखिएको छ । साइकल कल्चर कम्युनिटी र धुलीखेल अस्पतालले यो अभियानलाई साझेदारीमा सञ्चालन गरेको हो । अभियानमा ए हजार ५ सय बढीलाई क्यान्सर विरुद्दको सचेतना दिइएको डा. ताम्राकारले जानकारी दिनुभयो ।

साइकल यात्री सिन्धुपाल्चोकका लामाले क्यान्सर जित्नुभएको हो भने काठमाडौंकी चित्रकारले अहिले क्यान्सरको औषधि सेवन गर्दै आउनुभएको छ । अभियानमा क्रसकन्ट्री र डाउन हिल साइकल यात्रामा ४ पटकसम्म च्याम्पियन बन्नुभएकी पोखराकी उषा खनाल, ५ पटकका च्याम्पियन अजय पण्डित पनि सहभागि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल