काठमाडौँ, माघ २५ गते । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचन कार्यालयलगायत सबै निकाय सक्रियताका साथ लागिपरेका छन् । सरकारमातहत रहेर निर्वाचन आयोगले गर्नुपर्ने तयारी अगाडि बढिरहेको […]
मकवानपुरगढी, माघ २५ गते । मकवानपुरको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ […]
काठमाडौँ, माघ २५ गते । माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि […]
म्याग्दी,माघ २१ गते। नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको छ। निर्वाचनको तयारीका बारेमा जानकारी लिन बुधबार साँझ म्याग्दी आउनुभएका अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा भएको छलफलमा सो कुरा बताउनुभएको हो। मन्त्री खनाललाई बेनीमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला […]
काठमाडौँ, माघ २१ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले […]
ताप्लेजुङ, माघ २१ गते । निर्माणको काममा ढिलाई गर्दा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ खण्डअन्तर्गत मेची राजमार्ग एक महिना अघिदेखि अवरुद्ध बनेको छ । फुङ्लिङ बजारको पराजुली चौक–बुद्धचौक खण्डअन्तर्गत भत्किएको ठाउँमा सुरु गरिएको निर्माणको काम ढिलाइ गर्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्गको उक्त सडक खण्डमा भत्किएको ठाउँमा गत पुस दोस्रो सातायता निर्माणको काम सुरु गरिएको हो […]
काठमाडौँ, माघ २१ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उहाँलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो । साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिनुभएको राजीनामा स्वीकृत गर्नु भएको […]
काठमाडौँ, माघ २१ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम आजेखि सुरु गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहकाबीच आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षार्थ खटिने […]
काठमाडौँ, माघ २१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) […]
काठमाडौँ, माघ २१ गते । पहिले पहिले क्यान्सर रोगलाई लुकाइन्थ्यो तर समय बदलिँदै गएपछि क्यान्सर रोग लागेर विजेता क्यान्सरविरुद्धको जनचेतनामा सक्रिय भएर लाग्न थालेका छन् । क्यान्सरलाई जनचेतनाले रोग लाग्नबाट बचाउन सकिन्छ भन्ने उद्देश्यसाथ क्यान्सरको उपचारपछि विजेता भएका जनचेतनामा क्रियाशील हुन थालेका छन् । वरिष्ठ गायिका सङ्गीता शाक्य थापालाई १४ वर्षअघि क्यान्सर लागेको थियो । […]