मन्त्रिपरिषद् बैठक : जेनजी प्रदर्शन छानबिनका लागि बन्यो उच्चस्तरीय जाँचबुझ आयोग

काठमाडौँ, असोज ५ गते ।  सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो । आयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी […]

माओवादीले केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ, असोज ५ गते।  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो। […]

कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति

काठमाडौँ, असोज ५ गते ।  २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित  उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

यी हुन अख्तियारमा बढी उजुरी परेका १० स्थानीय तह

काठमाडौं, असोज ५ गते।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। तीमध्ये १० वटा स्थानीय तहमा मात्रै उल्लेख्य संख्यामा उजुरी परेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिका कास्कीमा परेका छन्। आयोगको तथ्याङ्कअनुसार पोखरामा ४१३ वटा […]

माछा बेचेर मासिक ३० लाख रुपियाँ कमाइ

राजविराज, असोज ४ गते ।  एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो । आज उहाँ सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवामा स्थापित “शम्भुनाथ माछा फर्म“ का सफल सञ्चालक मात्र होइन, माछा […]

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौँ, असोज ४ गते। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ। “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन […]

तामाङ समुदायको संस्कृति र कथा ‘माइतीघर’

काठमाडौँ (गोरखापत्र), असोज ४ गते ।  चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ […]

नगरपालिकाको कार्यालय एउटै कोठामा सञ्चालन

भारदह(सप्तरी), असोज ४ गते ।  राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठामा सञ्चालनमा आएको छ । जेनजीको आन्दोलनमा नगरपालिकामा आगजनी भएर पूर्ण क्षति भएपछि बाँकी रहेको एउटा कोठाबाट कर्मचारीहरूले अत्यावश्यक काम सुरू गरेका हुन् । नगरपालिका कार्यालयको सबै कोठाको सामान जलेर खरानी भएर बस्न सक्ने कोठा नभएपछि आगलागीबाट जोगिएको बैठक कोठामा कर्मचारीहरू बसेर कामको थालेका […]

पच्चिस वर्षपछि प्रभावितलाई हाइड्रोको सेयर

सिन्धुपाल्चोक, असोज ४ गते ।  भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय भएको छ । जेनजी समूहले आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावरबिच सहमति भएको हो । ४५ मेगावाट क्षमताको उक्त आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर जेनजी समूहले एक सातादेखि आयोजना बन्द […]

बाढीको उच्च जोखिममा सुस्ता

पश्चिम नवलपरासी, असोज ४ गते  । नारायणी नदीमा आएको बाढीले सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई जोखिममा पारेपछि स्थानीय आफ्नै प्रयासमा कटान रोक्न जुटेका छन् । नदीको भेल दुई दिनअघि थारू बस्तीभित्र पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएको थियो । अहिले पानीको बहाब केही कम भए पनि नदीले लगातार कटान गरिरहेको छ । स्थानीयले दुई दिनदेखि बोरामा माटो, ढुङ्गा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल