ललितपुर, असोज १२ गते : ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार, वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन् । नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई सशस्त्र प्रहरीले […]
चितवन, असोज १० गते : भरतपुर महानगरले महानगरको मुख्य बजार क्षेत्रबाट बग्ने पुँगीखोला सिमानामा परेका संरचना हटाउन सुरु गरेको छ । बुधबार बिहान भरतपुर–१ र २ को सीमामा रहेको लायन्स भवनबाट उक्त अभियानको सुरुवात गरिएको हो । पाँचतले उक्त भवनकै नामबाट पूर्वपश्चिम राजमार्गको उक्त चोकको नाम लायन्स चोक रहन गएको थियो । २०४७/४८ सालतिर निर्माण सुरु गरी २०५१ सालमा […]
धनगढी, असोज १० गते : मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा भीषण वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । सरकारले विपत्मा खटिने सबै मन्त्रालय, सबै जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह तथा सबै सरोकारवाला […]
तानसेन, असोज १० गते : पाल्पामा किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा गर्भवती हुने किशोरीको सङ्ख्या घट्दै गएको हो । जिल्लाको १० वटै स्थानीय तहमा किशोरी गर्भवती हुनेहरू घट्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तीन वर्षअघि १० स्थानीय तहमा ६९९ जना किशोरी गर्भवती भएकोमा आर्थिक वर्ष २०८०/८१ मा घटेर ४१० मात्र […]
सिद्धार्थनगर, असोज १० गते : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो । उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने […]
सुर्खेत, असोज १० गते : मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष २०७३/७४ बाटै स्थापनाको तयारी भए पनि अहिलेसम्म सञ्चालन भएको छैन । बनाइएका संरचना जीर्ण हुनुका साथै रेडियो टावर, अन्य सामग्री, उपकरण प्रयोगमा नआईकनै खिया लाग्न थालिसकेका छन् । अहिले टावर ढल्किएको […]
खोटाङ, असोज १० गते : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो । प्रदेश […]
न्युयोर्क (अमेरिका), असोज १० गते : प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ […]
काठमाडौँ, असोज ९ गते । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा सो विषयमा सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असोज १२ गते शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भयो […]
काठमाडौँ, असोज ९ गते : यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए […]