alliance khabar

बिहिबार, मंसिर १३, २०८१

स्याङ्जा, मङ्सिर १३ गते : स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् ।

आक्स नेपालले युएसआडीको जल जङ्गल परियोजना मार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो । आँधीखोलाको पालिकाको चौरमा मापन यन्त्र राखिएको छ भने पालिका भवनमा डिस्प्ले राखिएको छ भने फेदिखोलामा सिद्धार्थ माविमा यन्त्र र भवनमा डिस्प्ले राखिएको हो ।

सोलरबाट मापन यन्त्रमा जोडिएको ब्याट्री चार्ज हुने र ब्याट्रीको माध्यमबाट यन्त्र चल्नेछ भने सोही यन्त्रबाट डिस्प्ले चल्ने र मौसमको जानकारी पाइने छ । डिस्प्लेमा आएको सूचना गाउँपालिकाको कर्मचारीको माध्यमबाट पालिका भित्रका हरेक नागरिकको मोबाइलमा सन्देश पुग्ने आँधीखोला गाउँ पालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।

उहाँले मौसमको सन्देश पालिकाको सूचना अधिकृतको मोबाइलमा जाने र उसको मोबाइलमा रेकर्ड भएको सन्देश सबै पालिकावासी पठाउने बताउनभयो । एक हप्तासम्मको सूचना मापन यन्त्रमार्फत पूर्व अनुमान हुने र पालिकावासीको मोबाइलमा पुग्ने बताउँदै पौडेलले यस यन्त्रले पालिकावासीलाई ठुलो राहत पुग्ने बताउनुभयो ।

यन्त्रमार्फत तापक्रम, हावाको गति, वर्षा लगायतका बारेमा थाहा पाउने र पालिकाले पालिकावासीलाई पठाउने छ । मौसम मापन यन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेलले दुवै पालिकालाई हस्तान्तरण गर्नु भएको हो । समयमै मौसमको सूचना तथा जानकारी प्राप्त गर्दा स्थानीयवासीलाई ठुलो फाइदा पुग्ने सचिव पौडेलले बताउनुभयो ।

मापन यन्त्र आक्स नेपालले सात-सात लाख रुपियाँमा खरिद गरेर दुई पालिकालाई दिएको आक्सका अध्यक्ष रुकुमदत्त पौडेलले बताउनुभयो । पोखरा नजिक तथा हिमाल देखिने पालिका भएको र आफूले काम गरेको पालिका भएकाले दुई पालिका रोजेको पौडेलले बताउनुभयो ।

पहिलो चरणमा आँधीखोलाले वडा नं –४ र फेदिखोलाले वडा नं –४ र ५ का बासिन्दाको मोबाइल नम्बर सङ्कलन गरेको छ भने सो सकेसँगै सबै वडामा क्रमशः पालिकावासीको नम्बर सङ्कलन गरेर मौसमको सन्देश पटाइनेछ ।

मापन यन्त्र राखिएसँगै यहाँका कृषक, विद्यार्थी, वृद्ध लगायतलाई मुख्य राहत मिल्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल