alliance khabar

बिहिबार, मंसिर १३, २०८१

प्युठान, मङ्सिर १३ गते : जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले थालेको यस अभियान अन्तर्गत शिद्धभुमि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । प्युठान नगरपालिका वडा ५ स्थित उक्त प्राविका ५३ जना विद्यार्थीलाई ट्रयाकसुट, टिसर्ट, टोपी, कापी, पेन्सिल वितरण गरिएको जीवन खनालले जानकारी दिनुभयो ।

स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताबाट आर्थिक सङ्कलन भएको र उक्त रकमबाट सामग्री वितरण गरिएको खनालले बताउनुभयो । आगामी दिनमा अरु विद्यालयमा सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग आह्वान गरी अभियान चलाइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल