alliance khabar

शुक्रबार, मंसिर १४, २०८१

घोराही, मङ्सिर १४ गते : दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय बढी क्विन्टल धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो ।

अहिलेसम्म देउखुरीको गढवा र राजपुर गाउँपालिकाबाट धेरै धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार छ सय २५ क्विन्टल र बाँकी तुलसीपुर उपमहानगरपालिकाबाट धान खरिद गरिएको बताउनुभयो ।

शाखा कार्यालय प्रमुख सुनारका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको मूल्यमा प्रति क्विन्टल ३४ सय १० रुपियाँ ५१ पैसाका दरले किसानबाट धान खरिद गरेको बताउनुभयो । जिल्लामा धान खरिदका लागि ढिला परिपत्र आउँदा लक्ष्य अनुसार धान खरिद गर्न ढिलाइ भइरहेको बताउनुभयो ।

शाखा प्रमुख विकले भन्नुभयो,‘जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि अहिलेसम्म एक हजार छ सय ३२ क्विन्टल मात्र धान खरिद भएको छ ।’ ढिला गरी परिपत्र आउँदा किसानले व्यवसायीलाई धान बिक्री गरिसकेको हुँदा धान पाउन समस्या भएको उहाँले बताउनुभयो । जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कात्तिक २१ गतेदेखि धान खरिद गर्न थालेको थियो । कार्यालयले जिल्लामा पुसको अन्तिमसम्म धान खरिद गर्ने जनाएको छ ।

खाद्यले स्थानीय तहसँग समन्वय गरेर धान खरिद गरिरहेको भए पनि धेरै किसानले बिक्री गरिसकेकाले धान पाउन समस्या भएको बताउनुभयो । खाद्यले धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण २ प्रतिशतभन्दा कम, टुक्रेको–बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु जनाएको छ । केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्नका लागि परिपत्र गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल