गलकोट (बागलुङ), कात्तिक १ गते : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्य वस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात […]
काठमाडौँ, कात्तिक १ गते : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते […]
हेटौँडा, कात्तिक १ गते : मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १२ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका ०६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको हो । मनहरी गाउँपालिका ६ का वर्ष ४७ का रेशम तामाङ, वर्ष २४ […]
काठमाडौँ, कात्तिक १ गते : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ […]
बाजुरा, कात्तिक १ गते : राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिक स्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ […]
काठमाडौँ, असोज ३० गते । विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६३ औँ संस्करण सोमबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल भाषा स्नातकोत्तरमा प्रथम हुने नेपाल भाषा केन्द्रीय विभागका विद्यार्थी रामेश्वर श्रेष्ठलाई ‘विराट सुरत्न अवार्ड’ र नेपाल भाषा विषय लिएर एसइईमा सर्वाधिक अङ्क ल्याउने जगतसुन्दर ब्वनेकुथिकी रविना श्रेष्ठलाई नेपाल भाषा पदक प्रदान गरिएको थियो । […]
काठमाडौँ, असोज ३० गते । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढि […]
म्याग्दी (बेनी), असोज ३० गते । नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै धिमे बाजाको संस्कृति पनि भित्रिएको थियो । दसैँका अवसरमा युवाहरूले बजारमा पहिलो पटक धिमे बाजा प्रदर्शन गरेका छन् । बेनीमा धिमे […]
काठमाडौँ, असोज ३० गते । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको गौशाला धर्मशालामा कुनै व्यक्ति वा समूहलाई नदिने, गैरनाफामूलक रूपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने जनाएको हो । कोषले मङ्गलबार पत्रकार सम्मेलन गरी कुनै व्यक्ति वा व्यापारिक […]