सडक मर्मत भएसँगै आवतजावत सहज

बाजुरा, कात्तिक २ गते : बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ । यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता […]

कार्यान्वयन हुने गरी नयाँ ठेक्का सम्झौता

सुर्खेत, कात्तिक २ गते : चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने गरी २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ । स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाका रूपमा २२४ योजनाको सम्झौता गरिएको हो । यो वर्ष कर्णाली प्रदेश सरकारका ३५० योजनाको स्रोत सुनिश्चितता भएर ठेक्का सम्झौता हुने छन् । हालसम्म २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ भने १२६ योजना […]

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो

काठमाडौँ, कात्तिक २  गते :  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको […]

एक सातादेखि लुक्ला उडान ठप्प

रामेछाप, कात्तिक २ गते : आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटक अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् । तर आज झन् रामेछापको मन्थली विमानस्थलकै मौसम खराब भएपछि लुक्ला उडान हुने आशामा रहेका पर्यटकहरू थप निराश भएका छन् । आज बिहानदेखि बिग्रिएको रामेछापको मौसम […]

चिसो बढ्यो, बालबालिकालाई यसरी जोगाउनुस्

काठमाडौँ, कात्तिक २ गते : मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । […]

२०८१ कार्तिक ०२ गते – 18, Oct, 2024, शुक्रबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत […]

गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा

गुल्मी, कात्तिक १ गते : गुल्मीका दुई स्थानीय तहले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दुई गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् । यस जिल्लाको पश्चिम ग्रामीण भेगको मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का अवसरमा कार्यपालिकाको […]

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

गलकोट (बागलुङ), कात्तिक १  गते :  जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्य वस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ, कात्तिक  १  गते :  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा  दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते […]

जुवातास खेलिरहेको अवस्थामा आठ जना नियन्त्रणमा

हेटौँडा, कात्तिक १ गते : मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १२ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका ०६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको हो । मनहरी गाउँपालिका ६ का वर्ष ४७ का रेशम तामाङ, वर्ष २४ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल