अमेरिकामा देउडाको बीजारोपण

नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ । विकासक्रम र परिवर्तनसँग अब देउडा गीत र देउडा संस्कृति केवल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र सीमित रहेन । काली कर्णाली विकास क्षेत्रका हजारौँ मानिस कामको खोजीमा छिमेकी राष्ट्र भारतमा जाने गर्छन् । जहाँ जहाँ बसेका छन् तिनै ठाउँमा देउडा गीत गाउने, कार्यक्रम […]

गिद्ध पर्यटनको ‘हब’ बन्दै नवलपुर

नवलपुर, मङ्सिर १० गते ।  जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ । मचानमा देशी र विदेशी पर्यटक खचाखच छन् । जसले फोटो र भिडियो खिच्नका लागि अत्याधुनिक क्यामरालाई तयारी अवस्थामा राखेका छन् । जब हेरालु यामबहादुर नेपालीले मरेको गाईलाई डोरीले बाँधेर मोटरसाइकलमा घिसार्दै […]

२०८१ मंसिर १० गते – 25, Nov, 2024, सोमवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना […]

‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक

काठमाडौँ, मङ्सिर ९ गते । गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सङ्गीत रहेकोे गीतमा समीक्षा अधिकारी र सिडीको स्वर रहेको छ । पुष्कर खत्रीको सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ साजन साहले गर्नुभएको छ । गीतको भिडियोमा उमेशसँगै मोडल जुना विश्वकर्मा र कमल सिंहको […]

सान्जेनको विद्युत् उत्पादन सुरु

काठमाडौँ, मङ्सिर ९ गते । रसुवामा रहेको सान्जेन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । ४२.५ मेगावाटको सो आयोजना निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २७० मेगावाटका चार वटा जलविद्युत् आयोजना बनिरहेकोमा […]

‘भैरहवाबाट अब अन्तर्राष्ट्रिय उडान रोकिँदैन’

भैरहवा, मङ्सिर ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान नरोकिने बताउनुभएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार दृढ र प्रतिबद्ध रहेकाले सुरु भएका अन्तर्राष्ट्रिय उडान अब विगतमा झैँ नरोकिने बताउनुभएको हो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले […]

बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कैफियत

काठमाडौँ, मङ्सिर ९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कुनै न कुनै किसिमको कैफियत फेला परेको छ  । उपत्यकाभित्र गरिएको विभागको चाडपर्वलक्षित बजार अनुगमनले ९७ प्रतिशत र महानगरपालिकाले चाडपर्वका बेला अनुगमनका क्रममा पनि ९६ प्रतिशतमा समस्या देखाएको हो । विभागका अनुसार ८७९ वटा व्यवसायी […]

‘परालको आगो’ मा थापा अनुबन्धित

काठमाडौँ, मङ्सिर ९ गते ।  चलचित्र ‘परालको आगो’ मा अभिनेतृ सुहाना थापा अनुबन्धित हुनुभएको छ । निर्माता कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट सुशील पोखरेल र थापाबिच लिखित सहमति भएको छ । पोखरेलले सामाजिक सञ्जालमार्फत अभिनेतृ थापासँग चलचित्रका लागि लिखित सहमति भएको जानकारी दिनुभएको हो । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा केन्द्रित रहेर चलचित्र बन्न लागेको हो । […]

फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल

काठमाडौँ, मङ्सिर ९ गते । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औँ साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसै गरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, […]

महानगरले हटाउन सकेन काउन्टर

काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न पटक पटक प्रयास गरे पनि व्यवसायीले अटेर गरेपछि कार्यान्वयन हुन नसकेको हो । महानगरले २०८० भदौमा काउन्टर हटाउने निर्णय गरेको थियो । एक वर्षपछि २०८१ साउन १ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल