alliance khabar

आइतबार, माघ ०६, २०८१

रुकुम पश्चिम, माघ ६ गते ।

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल