कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

फुङ्लिङ (ताप्लेजुङ),  मङ्सिर १४ गते : कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु  आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी […]

प्रधानमन्त्री ओली लुम्बिनी आउनुहुँदै

भैरहवा, मंसिर १४ गते : प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ । बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तय भएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो । सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली […]

सुधार गृहबाट बालबालिका फरार घटना छानबिन गर्न समिति गठन

नेपालगन्ज, मंसिर १४ गते : बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधार गृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । बुधवार साँझ नौबस्तास्थित बाल सुधार गृहबाट १२ जना बालबिजाइँकर्ता फरार भएको घट्नाको छानबिन गरी प्रतिवेदन पेस गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको […]

कैदी बन्दीले बनाएका सामग्री

दाङ, मङ्सिर १४ गते : दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि  बनाएका   मुढा तथा घर सजावटका सामग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री  बनाउने गरेका छन् ।

१६ सय क्विन्टल किसानको धान खरिद

घोराही, मङ्सिर १४ गते : दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय बढी क्विन्टल धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो । अहिलेसम्म देउखुरीको गढवा र राजपुर गाउँपालिकाबाट धेरै धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]

यसरी चढ्न सकिन्छ सुन्धराको धरहरा

काठमाडौं, मङ्सिर १३  गते : सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका  लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो । अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले धरहरा सार्वजनिक बिदाका दिनबाहेक शनिवार पनि […]

बालबालिकालाई न्यानो कपडा

प्युठान, मङ्सिर १३ गते : जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले थालेको यस अभियान अन्तर्गत शिद्धभुमि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । प्युठान नगरपालिका वडा ५ स्थित उक्त प्राविका ५३ […]

मलको अभाव हुँदा खेती गर्न समस्या

भजनी (कैलाली),  मङ्सिर १३ गते :  कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ । भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहनुभएका उहाँलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने […]

आँधीखोला र फेदिखोलाबासीलाई मोबाइलबाटै जलवायुको अग्रिम खबर

स्याङ्जा, मङ्सिर १३ गते : स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् । आक्स नेपालले युएसआडीको जल जङ्गल परियोजना मार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो […]

भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर,  मङ्सिर १३ गते ।   मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल