alliance khabar

बिहिबार, माघ १०, २०८१

वराहक्षेत्र, माघ १० गते  ।

धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिरपरिसर क्षेत्र र बस्ती सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको छ । हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्ने गर्छ ।

वराहक्षेत्र नगरपालिका–१ मा रहेको मन्दिर सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको छ । प्रत्येक वर्ष आउने बाढीले पूर्वी किनारमा धक्का दिँदै आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोजमा आएको बाढीले मन्दिरपरिसर क्षेत्रमा रहेको वराह श्राद्धस्थल, गणेश मन्दिर, शनि मन्दिर, साकेला पार्क र शौचालयमा बाढीले क्षति पु¥याएको थियो । उहाँले भन्नुभयो, “नदी किनार क्षेत्रमा दिगो तटबन्ध हुन नसक्दा मन्दिर र बस्ती जोखिममा परेको छ ।”

तीन पुस्तादेखि बसोबास गर्दै आएको बस्ती नदीको जोखिममा पर्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । वराहक्षेत्र मन्दिरपरिसरसँगै जोडिएर १५० घरपरिवार पाँच दशक अघिदेखि बसोबास गर्दै आएका छन् । कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, “सबै सरोकारवाला निकायले सहकार्य र समन्वय गरी धर्तीको पहिलो तीर्थ र यो पुण्यभूमिलाई जोगाउन लाग्नु पर्छ ।”

तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर नदीको जोखिममा परेपछि चिन्ता थपिएको छ । “मन्दिरपरिसर क्षेत्रमाथि हे¥यो पहिरोको डर, तल हे¥यो बाढीको अभरमा परेको वराहक्षेत्र मन्दिर,” गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “वराहक्षेत्र मन्दिर बाढीपहिरोको उच्च जोखिममा रहेकाले दिगो तटबन्ध नभए वराहक्षेत्रको अस्तित्व इतिहासमा मात्र रहने छ । १५ औँ शताब्दीको इतिहास रहेका प्राचीन मूर्ति वराहक्षेत्र मन्दिरमा रहेका छन् ।”

यस क्षेत्रमा नौ वटा पुराताìिवक मन्दिर रहेका छन् । गुरु वराहको मन्दिरभित्र रहेको ठुलो वराहको मूर्ति र लक्ष्मी मन्दिरभित्र रहेको मूर्ति एक हजार पाँच सय वर्षअगाडिका भएको  संस्कृतिविद् तथा प्राध्यापक डाक्टर सोम खतिवडा बताउनुहुन्छ । मन्दिरभित्र रहेको कालो शिला नै १० औँ, ११ औँ शताब्दीतिरको मूर्ति भएको बताइन्छ ।

यसैबिच, वराहक्षेत्र मन्दिरको कोशी कटानको विषयमा पूर्वराष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सव्रिmयतामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कटान नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि आवश्यक सहजीकरण र सहयोग गरिदिन गुरुयोजनासहित लिखित निवेदन पेस गरिएको  नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित वराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्की, वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ, सचिव सन्तोष भण्डारी, कोषाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य दीपक परियारलगायतको टोली एक हप्तादेखि मन्दिर क्षेत्रको कटानको विषयलाई लिएर सङ्घीय राजधानी काठमाडौँमा रहेका सम्बन्धित मन्त्रालय र कार्यालयमा जानकारी गराउन र स्थायी तटबन्धनका लागि पुगेको छ ।

टोलीले सप्तकोशी नदीको कटान नियन्त्रणलाई आवश्यक बजेट विनियोजनका लागि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, पूर्वमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीलगायतलाई ध्यानाकर्षण गरिएको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल