alliance khabar

शुक्रबार, माघ ११, २०८१

ताप्लेजुङ, माघ ११ गते : ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले जानकारी दिनुभयो । थापा मगरका अनुसार यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको हो । जिल्लामा ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको खेतीबाट तीन हजार ५४३.७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भई दिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्रका रूपमा कृषि ज्ञान केन्द्रले औँल्याएको छ ।

यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १५० रुपियाँसम्म छ । उत्पादक किसान तथा स्थानीय व्यवसायीले सो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् । किसानका अनुसार यहाँ उत्पादन हुने सुन्तला जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । जिल्ला बाहिरका व्यापारीले प्रतिकिलोग्राम ८० देखि ९० रुपियाँका दरले बगान (बगैँचा) बाटै सुन्तला खरिद गर्ने गरेका किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल