यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व

गोरखा, १२ मङ्सिर : गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा […]

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

जाजरकोट, १२ मङ्सिर : गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका […]

काभ्रेमा क्यान्सरको उपचार सुरु

काभ्रेपलाञ्चोक, ११ मङ्सिर : काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडाँै पुग्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक […]

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव

काठमाडौँ, ११ मङ्सिर : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ । छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा रु ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव […]

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ, ११ मङ्सिरः कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी […]

महानगरले तिरायो एक लाख जारिवाना

काठमाडौँ, ११ मङ्सिर : काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ । उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीले उत्पादन गरेको पानीको […]

सचिव भट्टराईलाई कालो झण्डा

ताप्लेजुङ, मङ्सिर १० गते । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् । नेता भट्टराईलाई कालो झण्डा देखाउँदै पहिचान पक्षधरले सदरमुकाम फुङ्लिङमा प्रदर्शनसमेत गरेका छन् । […]

कसैले चाहेर राजतन्त्र फर्किदैन : सभापति देउवा

कावासोती, मङसिर ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ । “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, मङ्सिर ११ गते । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन […]

बजेट कार्यान्वयनसँगै विपन्नले कानुनी सहायता पाउँछन् : मुख्यमन्त्री कार्की

विराटनगर, मङ्सिर ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताउनुभएको छ । मानव अधिकार मञ्च नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक प्रदेशस्तरिय कार्यशालामा बोल्दै उहाँले न्यायको पहुँचमा नपुगेका नागरिकलाई पहुँचमा ल्याउने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल