alliance khabar

शुक्रबार, माघ २५, २०८१

काठमाडौं, माघ २५ गते।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मिडिया क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपालमा ज्ञापन पत्र बुझाएको छ।

प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वको प्रतिनिधि मण्डलले शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई उहाँकै कार्यकक्षमा ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा पत्रपत्रिका वर्गीकरण पारदर्शी र बिना पूर्वाग्रही ढंगले निष्पक्ष, विवादरहित बनाउन माग गरिएको छ।

प्रदेशले सूचना विभागले अनलाइन मिडियाको दर्ता प्रक्रियाको कार्य गर्ने भएको हुँदा काउन्सिलमा पुनः सूचीकरण गरेर मिडिया सञ्चालक तथा पत्रकारलाई थप झण्झट प्रदान गर्ने कार्य हटाउन समेत माग गरिएको छ।

प्रदेश समितिले विभिन्न अनलाइन मिडियालाई सूचीकरणबाट हटाएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल उक्त निर्णय फिर्ता लिन ज्ञापन पत्रमा माग गरिएको छ।

मिडिया विकास कोष अन्तर्गतका सेवा सुविधामा काठमाडौं उपत्यकालाई समावेश नगरेकोप्रति पनि प्रदेशले आपत्ति जनाएको छ। कार्यविधि संंशोधन गरेर सबैभन्दा धेरै पत्रकार र सञ्चारमाध्यम रहेको उपत्यका प्रदेश अन्तर्गतका जिल्लालाई यो सेवा सुविधामा समावेश गर्नुपर्ने माग प्रदेश समितिको छ।

ज्ञापन पत्र बुझ्नुहुँदै अध्यक्ष बस्नेतले यस्ता ध्यानाकर्षणले काउन्सिलका काम कारबाहीलाई प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले प्रदेशका राखेका उचित माग आगामी बैठकमा पेश गरेर सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ।

सो क्रममा उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईं, कोषाध्यक्ष संजीप घिमिरे, काउन्सिलका मुख्य अधिृकत झबिन्द्र भुसाललगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल