काठमाडौँ, जेठ ९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]
काठमाडौँ, जेठ ९ गते । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, […]
काठमाडौँ, २०८२ जेठ ८ — नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले ‘श्रमजीवीका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम जेठ ९ गते पार्टी कार्यालय सानेपामा दिउँसो १२:१५ बजे सुरु हुन लागेको हो। कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षाका विविध पक्षमा विज्ञहरूले […]
तनहुँ, जेठ ८ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताउनुभयो। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताउनुभयो। विधान अनुसार म्याद थप गर्ने […]
काठमाडौँ, जेठ ८ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको […]
काठमाडौँ, जेठ ८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]
काठमाडौँ, जेठ ८ गते । हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को तिलगाउँमा जेठ १ गते राति अचानक हल्लाखल्ला मच्चियो । गाउँदेखि पारिपट्टि अलिक माथि रहेको याल्वाङ गुम्बाबाट लगातार कोही कराइरहेका थिए, “ए होइ… माथिबाट बाढीपहिरो आयो,” सबै जना बाहिर निस्के । कोही निद्रामै थिए । कोही भर्खर निदाउँदै थिए । को करायो भन्ने सोचेर धमाधम ढोका खोलेर बाहिर […]
काठमाडौँ, जेठ ८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यस अन्तर्गतका निकायको वार्षिक विकास कार्यव्रmमको वित्तीय प्रगति सन्तोषजनक नभएकाले आगामी वर्ष लक्ष्य अनुसार प्रगति गर्न सुझाव दिएको छ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमा श्रम मन्त्रालयको वित्तीय प्रगति ५८ प्रतिशत मात्रै भएपछि यस्तो सुझाव दिएको हो । सो […]
भक्तपुर, जेठ ८ गते । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी […]