सिँजा (जुम्ला), जेठ १० गते । जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका – ४ स्थित भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिनुभयो । शुक्रबार तातोपानी गाउँपालिका–१ […]
दार्चुला, जेठ १० गते । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय […]
काठमाडौँ, जेठ १० गते । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले […]
बिजुवार, जेठ ९ गते। प्यूठानको एक दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्षदेखिको सपना साकार भएको छ। नौबहिनी गाउँपालिका–७ को मैरामारेदेखि प्यूठान नगरपालिका–५ को जुम्रीकाँडासम्मको सडकखण्डमा ट्रयाक खुलेपछि स्थानीय हर्षित भएका छन्। नागनगेनीभीरको अप्ठ्यारो पहरा छिचोल्न नसक्दा सडक निर्माण रोकिएको थियो। ब्रेकर प्रयोग गरी एक महिनाको मिहिनेतपछि उक्त पहरा फोरेर सडक खोल्न सफल भएको हो। […]
काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा […]
काठमाडौँ, जेठ ९ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय नीतिमै रोजगारीलाई […]
खजुरा, जेठ ९ गते । कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो । महिला विकास निरीक्षक तथा अपाङ्गता भएका […]
सुर्खेत, जेठ ९ गते । हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएको कार्यालयका कीटजन्य रोगसम्बन्धी व्यक्ति रवीन्द्र देवकोटाले बताउनुभयो । औलोका […]
हेटौँडा, जेठ ९ गते । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने […]
काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ […]