२०८२ जेठ ०८ गते – 21, May, 2025 , बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला । मेहनत […]

पौडी पोखरीमा डुबेर मृत्यु, आठ जना पक्राउ

चितवन, जेठ ७  गते । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जेठ ७ गते । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै  औषधि पनि वितरण गरिएको छ । अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका […]

‘हाम्रो माया घर’ निर्माणले गति लियो

महोत्तरी,  जेठ ७ गते ।   बर्दिवास–२ हङकङडाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुनासाथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ । हाम्रो मायाघर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका […]

२०८२ जेठ ०७ गते – 21, May, 2025 ,बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ […]

द्वन्द र स्वार्थमा फसेको गैर आवासीय नेपाली संघ (NRNA)

राजेन्द्र बहादुर राउत – हाल अमेरिका। मेरो विचारमा गैर आवासीय नेपाली संघ नेपाली भूमि बाहिर विदेशमा रहेका नेपाली र विदेशी नागरिकता लिएर विदेशमा बसोबास गर्ने नेपाली मूलका विश्वभरका नेपालीहरूको साझा संस्था हुनुपर्ने हो । यो संस्था गैर आवासीय नेपालीहरूको ज्ञान , सीप , अनुभव , पुँजी र प्रविधिको परिचालन र उपयोग गरी नेपालको आर्थिक एवं […]

गोकर्णेश्वर-५ मा ट्राफिक व्यवस्थापन सुधारबारे छलफल, नव नियुक्त ट्राफिक प्रमुखलाई स्वागत

काठमाडौँ – जेठ ६ गते । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरी वृत्त बौद्धका नव नियुक्त ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक शेखर जंग थापालाई स्वागत गर्नुभएको छ। कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, र सामाजिक क्षेत्रमा सक्रिय विभिन्न सम्माननीय व्यक्तिहरूको […]

गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौँ, जेठ ६ गते ।  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री […]

चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

झापा, जेठ ६ गते ।  नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर […]

घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

तनहुँ, जेठ ६ गते । तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित  कटोर्के सामुदायिक वनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ऋषिङ गाउँपालिका ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र  देवघाट गाउँपालिका २ बस्ने वर्ष २६ की खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ