ट्रेड युनियन कांग्रेसको बैठक काठमाडौमा सुरु

काठमाडौं,भदाै २१ गते । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको बैठक आज देखि काठमाडौंमा सुरु भएको छ। यो बैठकले संगठनको भावी रणनीति र कार्ययोजनालाई मूर्त रूप दिने गरि विभिन्न ९ वटा प्रमुख एजेन्डाहरूमा छलफल गर्ने भएको छ। संगठनिक गतिविधि लाइ प्रभावकारी बनाउन संगठनको विस्तार र बलियो बनाउने योजनामा छलफल हुने बताइएको छ । बैठकमा बार्षिक […]

इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान

पशुपतिनगर(इलाम), भदौ १८ गते । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ । गाउँपालिकाले कार्यविधिनै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो । गाउँपालिकामा रहेका ५७ वटा टोलबिकास संस्था […]

खुल्यो उच्च सिपका श्रमिकलाई पनि कोरियाको बाटो

काठमाडौँ, भदौ १७ गते । उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् । […]

गैरकानुनी विदेश यात्रा : छैन राहत, परिवारलाई हुँदै छ आहत

बागलुङ, भदौ १५ गते ।  जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन […]

रोजगारीमा इजरायलको आकर्षण : सरकारी ढिलासुस्तीले कोटा गुम्ने खतरा

तेलअविव (इजरायल), भदौ ६ गते ।  पछिल्लो समय नेपाली युवालाई इजरायलमा कामका लागि पठाउने कि नपठाउने भन्ने विषयमा नेपाल सरकार दुबिधामा छ । विशेष गरी २०८० असोज २० गते इजरायलको दक्षिणी भूभागमा हमास लडाकुबाट आक्रमणपछि त्यहाँ सृजित युद्धरत अवस्थाका कारण नेपाल सरकार दुबिधामा परेको हो । सोही आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका […]

मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत

क्वालालम्पुर, साउन २६ गते ।  मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो । मलेसियाको तथ्याङ्क विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई सङ्केत गर्छ । उक्त अवधिमा श्रम शक्तिको सङ्ख्या ०.८ प्रतिशतले वृद्धि भई एक […]

उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो

काठमाडौँ, साउन २५ गते । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा […]

व्यवसायमा व्यस्त द्वन्द्वपीडित महिला

गुलरिया(बर्दिया) साउन २५ गते ।  राजापुर नगरपालिका–२ बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रुपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस […]

निर्माण कम्पनीले काम नसकेपछि दोस्रो पटक म्याद थप

बागलुङ (गलकोट) साउन २१ गते । जैमिनी नगर कार्यपालिकाको बैठकले प्रशासकीय भवन निर्माणको समयावधि थप गरिएको छ । निर्माण कम्पनी जुगल रविना प्राकृतिक कन्ट्रक्सनले जिम्मा लिएको भवन निर्माणको पहिलो पटक म्याद थप गर्दा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो । गत असारमा सम्पन्न जैमिनी नगर कार्यपालिका बैठकले ६ महिनाका लागि दोस्रो पटक […]

नेपाली श्रमिकका पीडा : गर्जो टार्न नसक्ने पारिश्रमिक

काठमाडौँ, साउन २० गते । काठमाडौँ टेकुको एक गार्मेन्ट उद्योगमा कार्यरत ललिता थापालाई महिनाभरको कमाइले दुई छोरासहित आफ्नो खर्च धान्न सकस हुन्छ । कीर्तिपुर नगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी ललिताका श्रीमान्को २०७८ मा कोरोनाका कारण मृत्यु भएपछि छोरा हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उहाँकै काँधमा छ । उहाँले दैनिक बिहान ८ बजेदेखि साँझ ७ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल