काठमाडौँ, भदौ १७ गते । उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् । […]
बागलुङ, भदौ १५ गते । जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन […]
तेलअविव (इजरायल), भदौ ६ गते । पछिल्लो समय नेपाली युवालाई इजरायलमा कामका लागि पठाउने कि नपठाउने भन्ने विषयमा नेपाल सरकार दुबिधामा छ । विशेष गरी २०८० असोज २० गते इजरायलको दक्षिणी भूभागमा हमास लडाकुबाट आक्रमणपछि त्यहाँ सृजित युद्धरत अवस्थाका कारण नेपाल सरकार दुबिधामा परेको हो । सोही आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका […]
क्वालालम्पुर, साउन २६ गते । मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो । मलेसियाको तथ्याङ्क विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई सङ्केत गर्छ । उक्त अवधिमा श्रम शक्तिको सङ्ख्या ०.८ प्रतिशतले वृद्धि भई एक […]
काठमाडौँ, साउन २५ गते । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा […]
गुलरिया(बर्दिया) साउन २५ गते । राजापुर नगरपालिका–२ बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रुपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस […]
बागलुङ (गलकोट) साउन २१ गते । जैमिनी नगर कार्यपालिकाको बैठकले प्रशासकीय भवन निर्माणको समयावधि थप गरिएको छ । निर्माण कम्पनी जुगल रविना प्राकृतिक कन्ट्रक्सनले जिम्मा लिएको भवन निर्माणको पहिलो पटक म्याद थप गर्दा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो । गत असारमा सम्पन्न जैमिनी नगर कार्यपालिका बैठकले ६ महिनाका लागि दोस्रो पटक […]
काठमाडौँ, साउन २० गते । काठमाडौँ टेकुको एक गार्मेन्ट उद्योगमा कार्यरत ललिता थापालाई महिनाभरको कमाइले दुई छोरासहित आफ्नो खर्च धान्न सकस हुन्छ । कीर्तिपुर नगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी ललिताका श्रीमान्को २०७८ मा कोरोनाका कारण मृत्यु भएपछि छोरा हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उहाँकै काँधमा छ । उहाँले दैनिक बिहान ८ बजेदेखि साँझ ७ […]
काठमाडौँ, श्रावण १० गते । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित हुनुभएको छ। ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित “Trade Union Senior Leaders and Bagmati Province Past Two Years Experience with Upcoming Plan” शीर्षक कार्यक्रमको अवसरमा पूर्व अध्यक्ष खगेन्द्र खत्रीलाई दोसल्ला ओडाएर सम्मान गरेको हाे। कार्यक्रममा पूर्व अध्यक्ष […]
काभ्रेपलाञ्चोक, साउन ६ गते । पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ । पाँचखालको नगरसभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता व्यवसाय कर चुक्ता गर्न नगरले पटकपटक पत्राचार गर्दासमेत […]