alliance khabar

शनिबार, मंसिर १३, २०८२

काठमाडौँ, मङ्सिर १३ गते।

सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताए।

त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए।

कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरञ्जीवी न्यौपानेले योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराइएको भए पनि कार्यविधिको जटिलताले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्न कठिन भएको कुरा बताउनुभयो। सामाजिक सुरक्षा सबैका लागू गर्नका लागि काम गरिरहेको भन्दै उनले अनौपचारिक क्षेत्रलाई पनि जोड्न काम लागिरहेको बताउनुभयो।

यसैगरी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अधिकृत रामसुन्दर थापाले विभागले श्रमिकको लेखाजोखा गर्नेदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र नभएको विषयमा बेला बखत अनुगमन गर्ने गरेको जानकारी दिनुभयो।

यसैगरी बुढानीलकण्ठ नगरपालिकाका रोजगार संयोजक राजीव गौतमले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न बजेट नै छुट्टाएर काम गरिरहेको बताउनुभयो।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङले सन् २०१२ देखि सुरु भएको सामाजिक सुरक्षा योजनाले अझै श्रमिकको पहुँचसम्म पुग्न नसकेको बताउनुभयो।

त्यस अवसरमा अनौपचारिक श्रमिक क्षेत्रको प्रतिनिधि तारानिधि पन्त,  गृह श्रमिक प्रतिनिधि मञ्जु राई, शान्ता थपलिया, मानवअधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदीलगायतले कतिपय नीति निर्माणमा समस्या हुँदा सामाजिक सुरक्षा कार्यक्रम लागू भएको लामो समय भइसक्दा पनि सबैका लागि बन्न नसकेको बताउनुभयो।

राष्ट्रिय सामाजिक सुरक्षा सप्ताहको सन्दर्भमा आयोजना गरिएको क्रियटिभ राइटिङ प्रतियोगितामा प्रथम हुने आरिफ खान, द्वितीय हुने रञ्जना कार्की, तृतीय हुने एञ्जल कार्कीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै सप्ताहव्यापी रूपमा क्‍वीज प्रतियोगितामा पहिलो दिन उत्कृष्ट हुने आर्यन थापा क्षेत्री, दोस्रो दिन  उत्कृष्ट हुने रञ्जना कार्की, तेस्रो दिन  उत्कृष्ट हुने मोहम्मद आयन मियाँ, चौथो दिन  उत्कृष्ट हुने शिवशरण खड्का, पाँचौँ दिन  उत्कृष्ट हुने मुकेश अधिकारी, छैटौँ दिन  उत्कृष्ट हुने सोनी उप्रेती र सातौँ दिन  उत्कृष्ट हुने दिवस खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ