आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन

बाकु, कात्तिक २७ गते : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु आइपुग्नुभएको हो […]

भारतीय पर्यटक घटे अमेरिकी बढे

काठमाडौँ, कात्तिक २४ गते । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको सङ्ख्याले उछिनेको […]

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

काठमाडौँ, कात्तिक २१ गते ।  अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ ।  जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको […]

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

तेल अभीभ (इजरायल), कात्तिक २१ गते : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ । टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा  गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । टाइम्स अफ […]

युइएफए च्याम्पियन्स लिग : लिभरपुलको सहज जित

काठमाडौँ, कात्तिक २१ गते : लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिभरपुलले बायर लिभरकुसनलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डियाजले ह्याट्रिक गर्नुभयो । अर्को गोल कोडी गाक्पोले गर्नुभएको थियो । डियाजले ६१औँ, ८३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक […]

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प

काठमाडौं, कात्तिक २१ गते : अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ । राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक-पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक-पटक हारेक उम्मेदवार हुनुहुन्छ । यो समाचार […]

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा

काठमाडौँ, कात्तिक २० गते ।  विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध […]

क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च

जेनेभा, कात्तिक १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो । डब्लुटिओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टिबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति […]

दिल्लीमा तीव्र वायु प्रदूषण

नयाँदिल्ली, कात्तिक १५ गते : दीपावलीको पूर्व सन्ध्यामा प्रदूषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ । आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको […]

इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

वासिङ्टन, कात्तिक १० गते : संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । “हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो । इजरायली […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल