alliance khabar

शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ, जेठ २९ गते ।

 नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९२ पैसा र बिक्रीदर १५३ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ३५ पैसा र बिक्रीदर २०५ रुपियाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ३२ पैसा र बिक्रीदर १९२ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ९७ पैसा र बिक्रीदर १०७ रुपियाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ७१ पैसा र बिक्रीदर ११९ रुपियाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६० पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०४ पैसा र बिक्रीदर १६ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६१ पैसा र बिक्रीदर २३ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ७१ पैसा र बिक्रीदर ४९९ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ १७ पैसा र बिक्रीदर ३९८ रुपियाँ ७३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल