काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो । “जो जहाँ […]
काठमाडौँ, असोज २२ गते : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८० र ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र […]
धनगढी, असोज २० गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले बजेट भाषणअघि घोषणा गरेका चार बुँदा अनुसार नै बजेटका काम गर्ने बताउनुभएको […]
सुर्खेत, असोज १९ गते : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको भन्दा अहिले नीति निर्माण तय गरेपछि बनाइएका योजनाको गति बढ्दा सकारात्मक परिणाम आउनेमा ढुक्क भएको बताउनुभएको छ । उहाँले आफूले नीति निर्माणको कामलाई गति दिएको हुँदा विगतको तुलनामा यस पटक सकारात्मक परिणाम आउने दाबी उहाँले गर्नुभयो । शुक्रबारको पत्रकार भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार मन्त्रालयले यही […]
काठमाडौं, असाेज १८ गते : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको हाे । अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ […]
काठमाडौँ, असोज १५ गते : नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो । उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो ।
काठमाडौँ, असोज १३ गते : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । नेपाल सरकारले […]
बेइजिङ, असोज ९ गते : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ […]
लेखनाथ, असोज ८ गते : गण्डकी प्रदेशसभाको छैटौं अधिवशेन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गर्नुभएको हो । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा […]
कालीकोट, असोज ७ गते : जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखा परीक्षणको प्रतिवेदनमा पदाधिकारीको सेवा सुविधामा बिल भर्पाईबिना ६३ लाख ३३ हजार भुक्तानी हुनु नियमितविपरीत भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा पदाधिकारीले मोबाइल र टेलिफोन […]