alliance khabar

आइतबार, चैत्र १७, २०८१

काठमाडौँ, चैत १७ गते ।

 सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आउनुभएको थियो । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो ।

पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो ।

गृह मन्त्रालयले सबै पूर्वविशिष्ट व्यक्तिलाई समान सुरक्षा व्यवस्था उपलब्ध गराउने निर्णय गर्दै पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ जना सुरक्षाकर्मी घटाएको जनाएको छ  ।

त्यसै गरी गृह मन्त्रालयले पूर्वराजाको सुरक्षामा तैनाथ युनिट नै परिवर्तन गरेको छ । यसअघि पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलका जगदीश हमाल नेतृत्वको टोलीमा सुरक्षाकर्मी खटाइएकोमा त्यसलाई हटाएर मन्त्रालयले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक नेतृत्वमा १६ जना सुरक्षा टोली खटाएको हो ।

राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उसका हरेक गतिविधिमाथि निगरानी बढाउँदै प्राप्त सुविधा कानुनबमोजिम कटौती गर्ने तयारीसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल