हेटौँडा, असोज ७ गते : बागमती प्रदेश सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकार बनेको झन्डै दुई महिनापछि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रदेश सभा सचिवालय परिसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको ६७ बुँदे नीतिगत प्राथमिकता […]
ललितपुर, असोज ६ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवस, २०८१ का अवसरमा नेपाली कांग्रेस महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मिस्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै हैन, समावेशी समाज पनि […]
देउखुरी, असोज २ गते : मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेर कार्यान्वयन थालेको लुम्बिनी प्रदेश सरकारको मुख्य घटक नेकपा (एमाले) लुम्बिनीको संसदीय दलले प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मङ्गलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश सभा सदस्यको विधान, […]
नेपालको संविधान २०७२ ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा निर्माण भएको हो । संविधान सभाले जारी गरेको संविधान नौ वर्ष पूरा भएर १० वर्षमा टेकेको छ । संविधान कार्यान्वयन कसरी भयो, कार्यान्वयनका क्रममा कहाँ, के कस्ता जटिलता उत्पन्न भए, संविधान संशोधनको बहस चलिरहँदा यसबारे टीकाटिप्पणी हुनु स्वाभाविक हो । संविधान संशोधन […]
काठमाडौँ, असोज १ गते । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको सहमति भएसँगै संविधान संशोधनको एजेन्डा पनि बहसमा आएको छ । संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने दलीय प्रतिबद्धता छ । भनिएको संशोधनको विषयवस्तु भने […]
काठमाडौँ, असोज १ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक र प्रबन्धकलाई पनि […]
काठमाडौँ, भदौ ३१ गते । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिनुभयो । सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य […]
काठमाडौँ, भदौ २९ गते : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । […]
काठमाडौँ, भदौ २८ गते : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने […]
काठमाडौं, भदौ २५ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले […]