पाटन (ललितपुर), भदौ ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी […]
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा […]
धेरै समयदेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा अड्केको शिक्षा विधेयक हालै मात्र माओवादी, राप्रपा र रास्वपाका फरक मत सहित पारित भएको छ । विधेयक पारित हुने क्रममा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा यो विषयले धेरै महत्व पाएको देखिन्छ, जुन आवश्यक पनि थियो । नेपालको संबिधान – २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ […]
लहान, भदौ ६ गते । उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ । नेपाली कांग्रेसको बौद्धिक उचाइ र चिन्तकको रुपमा चिनिनु भएको स्वर्गीय प्रदिप गिरीको तेस्रो स्मृतिसभालाई बिहीबार लहान नगरपालिकाको सभा हलमा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । देश […]
माछापुच्छ्रे (कास्की), भदौ ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसदकी उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताउनुभएको छ । ‘‘सरकारको प्रस्तावमा संसदले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उहाँले भन्नुभयो, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।” प्रेस चैतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको […]
काठमाडौँ, भदौ ३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। “हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको हो। संविधानमा […]
काठमाडौँ, भदौ २ गते । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणकै […]
हेटौंडा, भदौ २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का कोषाध्यक्ष तथा तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई ‘तामाङ पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ । नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा आयोजित ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । बागमती प्रदेशका […]
काठमाडौँ, भदौ २ गते । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कात्तिक १७ गते सोमबार हुन गइरहेको रुपन्देही उपनिर्वाचनका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी […]
काठमाडौँ, भदौ २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबारदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “यो मानव सभ्यताका खिलाफको साझा […]