alliance khabar

सोमबार, भाद्र ०९, २०८२

काठमाडौँ, भदौ ९ गते 

प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।

“आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइतीबिचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।”

प्रधानमन्त्री ओलीले हिजोको समाजमा आजकोजस्तो भौतिक सुविधा  नभएको उल्लेख गर्दै हिजो एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । “खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन् । तिजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो । पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तिजका पुराना गीतमा पाइन्छन् । दर माइती घरमा नै खाने चलन थियो” उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज संयुक्त परिवार संस्कृतिमा ठुलो परिवर्तन आएको बताउनुभएको छ । “सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको छ । त्यसैले दर खाने प्रचलनमा फेरबदल आएको छ ।

विवाहित छोरीसहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो” उहाँले भन्नुभयो ।  तीजको अघिल्लो दिन आज माइतीले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तिजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल