निर्वाचन तयारीबारे जानकारी

काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा भण्डारीले […]

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

पाटन (ललितपुर), मङ्सिर १५ गते । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको […]

कांग्रेस महाधिवेशनमा नयाँपुस्तालाई समेटेर क्रियाशील सदस्यता वितरण गर्ने निर्णय

काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको तथा बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन आगामी […]

मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौँ, मङ्सिर १५ गते । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । “मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो […]

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

काठमाडौँ, मङ्सिर १४ गते। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन […]

देश बन्नलाई सहि नेतृत्व चाहिन्छ : मन्त्री घिसिङ

धरान, मङ्सिर १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश बन्नलाई सहि नेतृत्व हुन जरुरी रहेको बताउनुभयो । आइतबार धरान उप–महानगरपालिका–१५ स्थित रहेको ङाग्युर ञीङ्गा ङ्युङने ल्हाखाङ गुम्बाले १२०० प्राचीन (गुरु छेन्गे) गुरु रिन्पोछे लिला, दश करोड बज्र गुरु जप तथा विश्व शान्ति पूजामा सहभागी […]

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी

काठमाडौँ, मङ्सिर १४ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको एमाले नेताहरुको भनाइ छ । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट हुन नसक्दा केन्द्रीय कार्यालयमा उजुरी […]

फागुन २१ को निर्वाचनका लागि १२० दलको निवेदन

काठमाडौं, मङ्सिर १४ गते ।  आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि पहिले मंसिर १ देखि १० गतेसम्मको अवधि तोकिएको थियो। आयोगको २०८२ मङ्सिर १० को निर्णयअनुसार दर्ता अवधि मंसिर १४ […]

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ,  मङ्सिर १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र […]

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ,  मङ्सिर १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल