alliance khabar

शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौँ, फागुन ३० गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेता शाहले सामाजिक सञ्जालमार्फत एक शोक सन्देश जारी गर्दै पिताको महिमा र अभावका बारेमा मार्मिक धारणा व्यक्त गर्नुभएको छ । उहाँले संस्कृत श्लोक ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः’ उद्धृत गर्दै पिताजस्तो रक्षक, गुरु र देवता कोही नहुने उल्लेख गर्नुभएको छ ।

केही समयअघि मात्रै आफूले पनि पिता गुमाएको सन्दर्भ उल्लेख गर्दै शाहले लेख्नुभएको छ, “पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मलाई महसुस छ ।” उहाँले एउटा पिताको व्यक्तित्वलाई ‘पात्र एक, भूमिका अनेक’ का रूपमा चित्रण गर्नुभएको छ।

पूर्व प्रधानमन्त्री ओलीलाई पर्न गएको यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै नेता शाहले दिवङ्गत पिताजीको वैकुण्ठवासको कामना समेत गर्नुभएको छ । अध्यक्ष ओलीका पिताको शुक्रबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल