बागलुङ जिल्लाका साबिकका तीन गाउँ विकास समिति बोङ्गादोभान, तमान र खुङ्गखानी समावेश गरेर बनाइएको तमानखोला गाउँपालिकामा हाल छ वटा वडा छन् । यहाँ भौगोलिक रूपमा दुर्गम र विकट बस्ती छन् । यहाँ सडक विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रको विकासका लागि उल्लेख्य प्रयास भएको छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको यहाँ जोकलाल बुढामगर गत स्थानीय तह […]
सिमकोट (हुम्ला), भदौ ४ गते । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो । नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको […]
बर्दीबास, साउन १७ गते । फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । केन्द्रको भवन निर्माणका लागि नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो तथा वडाध्यक्षहरूले मङ्गलबार बर्दीबास–८ स्थित मोडल […]
ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन […]
काठमाडौँ, साउन ११ गते। आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते […]
रामेछाप, असार २९ गते । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको […]
हुम्ला, असार २४ गते । जिल्लास्थित कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिनै सकस हुने गरेको छ । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिने समयमा अपाङ्गता भएका सेवाग्राहीको समस्याबारे ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सकस भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामी बैसाखीको भरमा हिँडडुल गर्नुहुन्छ । व्यक्तिगत काम होस् […]
डडेलधुरा, असार २० गते । सरकारले २० लाखभन्दा बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन योजना सफल हुन सकेको छैन । परशुराम नगरपालिका–४, कटालमा घरेलु तथा साना उद्योग कार्यालयले सम्भाव्यता अध्ययन गरेर गत आर्थिक वर्ष २०८९/८० मा ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकीकृत कृषि तथा पशुपन्छी फार्मलाई २० लाख ७७ हजार रकम […]
बैतडी, असार १२ गते । बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन […]
हुम्ला, असार ११ गते । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको बताउँदै टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको गुनासो राख्नुभयो । […]