alliance khabar

शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ ,मङ्सिर १२ गते

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा संयुक्त रूपमा नगरपालिका क्षेत्रभित्रका विभिन्न खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

मन्त्रीले नगरपालिका भित्र सञ्चालनरत प्रमुख आयोजना—डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी तथा काँडाघारी खानेपानी—का संरचना, निर्माण प्रगति तथा सेवा वितरण अवस्थाबारे प्रत्यक्ष रुपमा जानकारी लिनुभएको हो।

उहाँलाई निरीक्षणका क्रममा प्रत्येक आयोजनाका प्राविधिक टोली तथा सम्बन्धित शाखा प्रमुखहरूले वर्तमान अवस्था, चुनौतीहरू, पानी आपूर्तिको क्षमता, वितरण लाइन विस्तार, सम्भावित स्रोत संरक्षण, बजेट आवश्यकता र दीर्घकालीन समाधानका विकल्पबारे विस्तृत प्राविधिक प्रस्तुतीकरण दिए ।

विशेषगरी उहाँले डाँछी–भद्रबास खानेपानी आयोजनामा भइरहेको संरचना विस्तार, मुहान व्यवस्थापन, फिल्टर प्लान्टको अवस्थाबारे चासो व्यक्त गर्नुभयो।

मुलपानी, गोठाटार र काँडाघारी क्षेत्रका वितरण लाइन सुधार तथा घर–घरमा सुलभ र नियमित पानी आपूर्ति सुनिश्चित गर्न आवश्यक थप प्रविधिक तथा वित्तीय सहयोगका विषयमा पनि विस्तृत छलफल भएको थियो।

उहाँले नगरवासीले दैनिक रूपमा भोग्नुपरेका खानेपानी सम्बन्धी समस्याहरू यथाशीघ्र समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र स्वच्छ, गुणस्तरीय र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन आवश्यक सहयोग, समन्वय र पहल निरन्तर रहने बताउनुभयो।

उहाँले विशेष गरी जनसहभागिता, स्रोत संरक्षण, अव्यवस्थित वितरण लाइन व्यवस्थापन तथा भविष्यका आवश्यकतासँग मेल खाने दीर्घकालीन खानेपानी पूर्वाधार निर्माणमा प्रदेश सरकार स्थानीय तहसँग समन्वयमा काम गर्न तयार रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले खानेपानी, उर्जा तथा सिचाई मन्त्री तथा प्रदेश सरकारलाई नगरवासीका जीवनस्तर सुधारका निमित्त मन्त्रीज्यूको प्रतिवद्धताका लागि आभार व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल