alliance khabar

शुक्रबार, मंसिर ०५, २०८२

बागलुङ (गलकोट), मसिर ५ गते ।

निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको रेश जाने सडक छ पटक म्याद थपेपछि कालोपत्र गर्ने तयारी थालिएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएको थियो ।

कोरोना, आर्थिक सङ्कट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक अलपत्र पार्दै आएको थियो । अहिले भने धमाधम ग्राभेलको काम भइरहेको छ ।

सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक कालोपत्रका लागि अहिले बिग्रका पूर्वाधार बनाउने र ग्राभेल बिच्छाउने काम भइरहेको छ ।

२०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी जोशी/निशान/आचार्य जेभीसँग ६ करोड ७१ लाखमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा छ पटक म्याद थपिएको छ ।

एक वर्षदेखि फिल्डमा नदेखिएको निर्माण व्यवसायी काममा फर्केर कालोपत्रको तयारी थालेको काठेखोला गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले जानकारी दिनुभयो । पूर्वाधारको काम पहिलै सकेपनि कालोपत्र हुन नसक्दा पूर्वाधारहरु समेत जीर्ण बन्दै आएका थिए । उक्त सडकको ७० प्रतिशत भौतिक तथा ६५ प्रतिशत आर्थिक प्रगति भएको छ ।

उहाँले १४ औं खरिद सशोधनलाई आधार मानेर अन्तिम पटक म्याद थपेको काठेखोला गाउँपालिका अध्उअध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले यस पटक कालोपत्रका लागि उपकरण र कच्चा सामग्रीको समेत जोहो भइसकेको बताउनुभयो ।

निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेश पुग्ने चार किलोमिटर सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७७ जेठमा काम थालिएको भए पनि पाँच वर्षपछि सडक कालोपत्र गर्ने तयारी थालिएको हो । सम्झौताको पाँच वर्ष बितेपछि निर्माण व्यवसायी काममा फर्केर कालोपत्रको तयारी थालिएको हो ।  उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।

लामो समयपछि सडक कालोपत्र हुने आशा पलाएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

उहाँले समयमै सडक कालोपत्र नसक्दा रेशवासीले समस्या भोग्दै आउपनि अहिले निर्माण व्यवसायीले धमाधम कालोपत्रको कामको पूर्व तयारी थालिएको छ । सडक ढलानको काम भने एक वर्षअघिनै सम्पन्न भएको थियो । प्रिमिक्स कार्पेट प्रविधिद्वारा कालोपत्रको तयारी थालिएको हो ।

“सडक अलपत्र पार्दा नागरिकमा चरम निराशा थियो, अहिले उपकरणसहित निर्माण व्यवसायी काममा आएको छ, मङ्सिर भित्रनै कालोपत्र सक्ने निर्माण व्यवसायीको भनाई छ” लामिछानेले भन्नुभयो “सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण हुने उक्त सडक गाउँपालिकाकै पहिलो र लामो पक्की सकड बन्नेछ ।” सडक कालोपत्र नहुन्दा स्थानीयले पटक–पटक आन्दोलन समेत गर्दै आएका थिए ।

कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको बताउदै निर्माण व्यवसायी प्रकाश आचार्यले छिट्टै कालोपत्र सडक हस्तान्तरण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल