काठमाडौँ, मङ्सिर २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक सय […]
काठमाडौं, मङ्सिर २९ गते । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रचलित कानूनमा व्यवस्था […]
काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० […]
पश्चिम नवलपरासी, मङ्सिर २९ गते । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि अन्य नेताहरूले पनि आ–आफ्नो समूह बनाउन थालेका छन् । यसै क्रममा, आसन्न महाधिवेशनलाई लक्षित गर्दै आइतबार बर्दघाटमा […]
रौतहट, मङ्सिर २९ गते । रौतहटको माधवनारायण नगरपालिकाले आइतबार आगलागीबाट पीडित एक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ । विद्युत सर्टका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएपछि घरबारविहीन हुनुभएका माधवनारायण नगरपालिका–६ माधोपुरका भोजेन्द्र राय यादवको परिवारलाई राहतस्वरूप खाद्यान्न तथा दैनिक उपभोग्यका आपत्कालीन सामग्री उपलब्ध गराएको नगर प्रमुख बैजनाथप्रसाद यादवले जानकारी दिनुभयो । गएको […]
काठमाडौँ, मङ्सिर २९ गते । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ । आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी […]
वाशुलिङ (बैतडी), मङ्सिर २९ गते । बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ । वडा कार्यालय टकरेमा आयोजना गरिएको कार्यक्रममा ६० वर्षभन्दा माथिका एक सय ३७ जना ज्येष्ठ नागरिक र ५७ जना एकल […]
फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश […]
कल्याणपुर (सप्तरी), मङ्सिर २९ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव […]
रेसुंगा(गुल्मी), मङ्सिर २९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]