प्रधानसेनापतिद्वारा निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी

गाईघाट, फागुन १२ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको क्रममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । नेपाली सेनाको […]

निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौँ, फागुन १२ गते । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको  बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने […]

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी,  फागुन १२ गते । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो । पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको […]

बाँझो जग्गामा उखु खेती

बैतडी, फागुन १२ गते । अरूले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ दीपक कार्कीले गुडबाट राम्रो आम्दानी गर्नुभएको छ । गाउँका करिब ७५ प्रतिशत मानिस बसाइँसराइ गरेपछि खाली रहेको बाँझो जग्गा उपयोग गर्दा नसोचेको सफलता हासिल भएको छ । दशरथ चन्द नगरपलिका–४, बिनासौँगाउँका कार्कीले आफ्नै र गाउँलेले छाडेको बाँझो […]

सप्तरीको अति संवेदनशील मतदान केन्द्रमा कडा सुरक्षा

कल्याणपुर (सप्तरी), फागुन १२ गते । फागुन २१ काे प्रतिनिधि सभा  निर्वाचनलाई लक्षित गर्दै सप्तरीका अति संवेदनशील तथा आइसोलेट मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाडास्थित मतदान केन्द्रलाई केन्द्रमा राख्दै नेपाली सेनाको श्री बरख गणले सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको हो […]

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन १२ गते । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मङ्गलबार दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ […]

मगर दिवसमा गुल्मीका दुई स्थानीय तहमा सार्वजनिक बिदा

तम्घास, फागुन ११ गते।  फागुन १५ गते मगर दिवसका दिन गुल्मीका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएका छन् । अध्यक्ष स्तरको सोमबारको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीले जानकारी दिनुभयो […]

मतदान अधिकृतहरुलाई निर्वाचन तालिम

म्याग्दी, फागुन ११ गते । प्रतिनिाधिसभा सदस्य निर्वाचन २०८२ का लागि म्याग्दीमा खटिने निर्वाचन अधिकृतहरुका लागि तालिम सुरुभएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले तालिमको उदघाटन गर्नुभयो । उहाँले निष्पक्ष निर्वाचन गराउन निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिने मतदान अधिकृत तथा सहायक मतदानअधिकृतहरुको अभिमुखिकरणमा सम्बोधन गर्दै थापाले सबैका […]

सर्लाही–४ : गगन थापाको ९ बुँदे प्रतिज्ञापत्र : ‘जनता दलान’ देखि ‘दशगजा उज्यालो’ सम्म

सर्लाही, फागुन ११ गते । नेपाली कांग्रेसका सभापति  तथा  सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको छ । पार्टीको केन्द्रीय प्रतिज्ञापत्र सार्वजनिक भएको केही दिनपछि सभापति थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्षेत्रगत योजना सार्वजनिक गर्नु भएको […]

मदन भण्डारी लोकमार्गमा बस दुर्घटना, १५ घाइते

उदयपुर, फागुन ११ गते ।  मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख. ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ