काठमाडौँ, मङ्सिर ३ गते । स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो । जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो […]
काठमाडौँ, मङ्सिर ३ गते । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा रु. दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ६० ले बढेको छ […]
काठमाडौँ, मङ्सिर ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच […]
काठमाडौँ, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ […]
काठमाडौँ, मङ्सिर २ गते। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हरायो। जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै […]
वाशुलिङ (बैतडी), मङ्सिर २ गते । बैतडीको सूर्नया ३ र २ को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ शक्तिपीठमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । सङ्कट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो । कोणधारीजङ्गलको बिचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपी देवस्थलमा पूजाको […]
लहान, मङ्सिर २ गते । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा […]
काठमाडौँ, मङ्सिर २ गते । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त […]
काठेखोला (बागलुङ), मङ्सिर २ गते । रोजगारीका लागि जापानमा रहेका बागलुङेहरुले जिल्लामा रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणमा सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले सोमबार १३ लाख ५० हजार रुपियाँ सहयोग गरेको हो । बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक […]
पश्चिम नवलपरासी, मङ्सिर २ गते । पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो । प्रदूषण र अनुगमनको पृष्ठभूमि रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स […]