alliance khabar

शुक्रबार, चैत्र २७, २०८२

खरीपाटी (भक्तपुर), चैत २७ गते ।

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकप्रति सदैव समर्पित र प्रतिबद्ध भई दृढसङ्कल्पसाथ राष्ट्रसेवामा लाग्न नेपाली सेनाका नवप्रवेशी अधिकृतलाई निर्देशन दिनुभएको छ ।

भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताप्रति सदैव प्रतिबद्ध रही समर्पित रहन निर्देशन दिनुभएको हो ।

उक्त समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शाहले सैनिक अधिकृतलाई आफ्नो मातृभूमि र जनताप्रति जीवनभर समर्पित हुने दृढसङ्कल्पसहित करिब ३६ महिनाको अनवरत कठिन तथा परिश्रमपूर्ण तालिम सम्पन्न गरेका अधिकृत तथा पदिक विल्दार क्याडेटलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरूले ठुलो उत्साह, अपेक्षा र नयाँ जिम्मेवारी समाल्दै गर्दा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने भनाइको जीवन्तता कायम गर्न समर्पित र प्रतिबद्ध रहनुहुने छ भन्ने अपेक्षा व्यक्त गर्दछु ।”

उहाँले सिसं ६३ अधिकृत क्याडेट, सिसं ५ स्नातक अधिकृत क्याडेट र सिसं ५३ पदिक तथा विल्लादार अधिकृत क्याडेटबाट आयुक्त पद ग्रहण गर्ने सैनिक अधिकृतलाई संयुक्त रूपमा सम्बोधन गर्नुभएको हो । उहाँले विभिन्न क्षेत्र र फरक फरक सामाजिक पृष्ठभूमिबाट नेपाली सेनामा प्रवेश गरी आयुक्त जस्तो अहम् जिम्मेवारीमा पुगेका अधिकृत क्याडेटलाई आफूलाई प्राप्त गहन जिम्मेवारी गम्भीरतापूर्वक मनन गर्दै बलियो, एकीकृत र सक्षम टिम निर्माण गर्न सफल रहन पनि शुभकामना दिनुभयो ।

प्रधानमन्त्री शाहले सैनिक जिम्मेवारी, सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनलाई हृदयङ्गम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनसमेत निर्देशन दिनुभयो । सो तालिममा १८३ जना अधिकृत क्याडेट, जाम्बियाका दुई र केन्याका एक गरी तीन जना अन्तर्राष्ट्रिय अधिकृत सहभागी रहनुभएको थियो । प्रधानमन्त्री शाहले तालिममा उत्कृष्ट स्थान प्राप्त सिनियर अन्डर अफिसर गिरिजाबाबु गलान र जुनियर अफिसर क्याडेट विनम अधिकारीलाई तालिमको उत्कृष्ट पुरस्कार खुकुरी प्रदान गर्नुभयो ।

त्यसै गरी उहाँले ‘केन अफ अनर’ सलिना आचार्य, उत्कृष्ट अन्तर्राष्ट्रिय क्याडेड पुरस्कार जाम्बियाकी सन्डी लापुकेनीलाई प्रदान गर्नुभयो । तालिममा उत्कृष्ट पुरस्कार अधिकृत क्याडेट मीनबहादुर चन्दले प्राप्त गर्नुभयो । उक्त समारोहका विशिष्ट अतिथि प्रधान सेनापति अशोकराज सिग्देलले विशेष सैनिक परेडको विशेष अवलोकन गर्नुका साथै मित्रराष्ट्रका नवआयुक्त अधिकृतलाई नेपाली सैनिक प्रतिष्ठानका तर्फबाट विशेष पदक प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल