alliance khabar

बिहिबार, चैत्र २६, २०८२

काठमाडौँ, चैत २६ गते ।

एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो ।

कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिका र इरानबिच वार्ताका आधार तयार हुने सङ्केत मिलेसँगै आपूर्तिमा हुने अवरोध हट्ने विश्वासले इन्धनको मूल्य घटेको हो । यस्तै युद्धविरामको सहमतिसँगै महत्वपूर्ण हर्मुज जलमार्ग खुल्ने आशा बढ्दा तेलको मूल्य घटेको हो ।

विश्वको २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्ग इरानले पुनः सञ्चालन गर्न सहमति जनाएपछि बजारमा तेलको उपलब्धता सहज हुने देखिएकाले पनि मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कच्चा तेलको मूल्य घटेको र सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएसँगै उपभोक्ताले भने एक सातापछि राहत पाउने छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा त्यसको प्रभाव नेपालमा एक सातापछि देखिने छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन हुने गर्छ । आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले नेपालमा त्यसको प्रभाव एक सातापछि देखिने जानकारी दिनुभयो । “१ देखि १५ तारिखको औसत मूल्यका आधारमा आइओसीले नयाँ मूल्य पठाउने गर्छ,” कार्यकारी निर्देशक भट्टले भन्नुभयो, “मूल्य घटेर आएपछि स्थानीय बजारमा समेत मूल्य घट्छ ।” युद्ध र हर्मुजको प्रभावकारी बन्दले दैनिक एक करोड २० लाखदेखि एक करोड ५० लाख ब्यारेल कच्चा तेल आपूर्तिमा असर पारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल