भ्रष्टाचाररहित सेवाबाट मात्र समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली

जनकपुरधाम, साउन ३० गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको नवनिर्मित सुविधा सम्पन्न भवन उद्घाटन गर्नुहुँदै यो भवनबाट प्रहरी सेवा थप छिटो, व्यवस्थित र जनमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। मधेश प्रदेश प्रहरी कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा अयोजित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले प्रहरीले शान्ति–सुव्यवस्था कायम गर्न, जनतालाई प्रारम्भिक न्याय र […]

आवश्यकताका आधारमा आरटिडिएफ कोष प्रयोग हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं, साउन ३० गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिक जनसंख्या भएको मधेश प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोषको परियोजना लागु गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ। काठमाडौँमा आज ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने परियोजनाको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिबिच […]

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ,  साउन २९ गते ।  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । […]

इतिहास जोगाउँदै ‘लाहुरेको गाउँ’ भार्से

रेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत महत्वपूर्ण छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो र इतिहासको लागि भूपू गोर्खा ग्यालरी तथा भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवासमेतको भार्से ग्यालरी निर्माण गरिएपछि यो गाउँको महत्व झन् […]

विकासका लागि राजनीतिक स्थिरता जरुरी छ : सञ्चारमन्त्री

काठमाडौँ, साउन २८ गते।  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ। काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो। अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा […]

मानव सेवा आश्रमका लागि खाद्यान्न वितरण

काठमाडौं, साउन २७ गते । विशाल बजार कम्पनी लिमिटेडले ५६ वर्ष पार गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार मानव सेवा आश्रममा आश्रितका लागि खाद्यान्न वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्देश्यले मानव सेवा आश्रम सामा खुसीमा विभिन्न खाद्यान्न सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ । खाद्यान्न वितरणका लागि कम्पनीका प्रबन्ध सञ्चालक […]

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

मकवानपुर, साउन २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र […]

पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै

काठमाडौँ,  साउन २७ गते । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ । असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको […]

रासायनिक मल अभावबारे प्रधानमन्त्रीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै

काठमाडौँ, साउन २७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा डाक्नुभएको […]

चितुवाको आक्रमणबाट एक युवक घाइते

वालिङ(स्याङ्जा) साउन २७ गते । स्याङ्जामा चितुवाको आक्रमणबाट एक युवक घाइते भएका छन् । वालिङ नगरपालिका–११ गाजने खोल्सा नजिकै स्थानीय प्रदीप अर्याललाई चितुवाले आक्रमण गरेको हो । सोमबार साँझ स्कुटरमा सवार अर्याललाई अचानक चितुवाले आक्रमण गरेको वडा अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो । घाइते अर्यालको गह्रौं प्राथमिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको प्रहरीले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल