काठमाडौँ, वैशाख २३ गते । नापी र मालपोत कार्यालयबाट दैनिक रूपमा सेवाग्राहीले लिँदै आएका ९० प्रतिशत काम अब स्थानीय तहबाटै हुने भएका छन् । जग्गा पारित गर्ने, नक्सा प्रिन्ट लिने, जग्गाको बैङ्क रोक्का राख्ने, बैङ्क फुकुवा गर्ने, लिखत पारित गर्ने, अंशबन्डा गर्नेलगायतका स्वामित्व हस्तान्तरणका काम स्थानीय तहबाटै हुने छन् । त्यस्तै जग्गा किनबेचको राजीनामा, कित्ताकाट […]
काठमाडौँ, वैशाख २२ गते । बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालन गर्ने योजना बनेको छ । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराउनुभएको हो । सुरुङमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ? […]
काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले २३ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति […]
काठमाडौँ, वैशाख २२ गते । सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ । निजामती कर्मचारीले निजामती सेवा ऐन २०४९ को अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत सरकारले दलीय ट्रेड युनियन गठनसम्बन्धी व्यवस्था खारेज गरेको […]
सर्लाही, वैशाख २१ गते । बारम्बार वर्षा भएर तरकारीबालीमा क्षति गरिरहँदा उत्पादनमा व्यापक कमी आएको छ । मधेश प्रदेशकै प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा हरेक हरियो तरकारी किसानले कम परिमाणमा ल्याइरहेका छन् । बजारका व्यापारी मोहम्मद उस्मानका अनुसार एक हप्ताअघिसम्म एकै दिन आठ क्विन्टलसम्म बोडी बेच्न ल्याउने किसानले अहिले मुस्किलले एक/डेढ […]
भद्रपुर (झापा), वैशाख २१ गते । वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन […]
काभ्रेपलाञ्चोक, वैशाख २१ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको उक्त जात्रा आइतबार साँझ सकिएको हो । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई रथ (खट)मा राखी शनिबार ऐतिहासिक […]
काठमाडौँ, वैशाख २१ गते । नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य […]
स्याङ्जा, वैशाख २१ गते । समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्यालयलाई अध्ययन–अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर सेट प्रदान गरिएको हो । भीरकोट नगरपालिकाका विद्यालय र विद्यार्थीलाई विगतदेखि नै पोशाक तथा शैक्षिक सामग्री वितरण गर्दै आउनुभएका सैयदले यसपटक कम्प्युटर […]
शारदा (सल्यान), वैशाख २१ गते । सल्यानमा यस वर्ष काफल उत्पादन घटेको छ । जङ्गल, किसानका ढिक तथा काल्ना क्षेत्रमा पाइने काफल अघिल्ला वर्षको तुलनामा कम फलेपछि स्थानीयको आम्दानीको स्रोतमा समेत असर परेको छ । परम्परागत रूपमा काफल सङ्कलन गरी बिक्री गर्दै आएका यहाँका स्थानीयले यसबाट राम्रो आम्दानी गर्दै आएका थिए । विशेष गरी जिल्लाको कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, […]