रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प

काठमाडौँ, असोज १ गते ।  रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज १ गते ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ५९ पैसा र बिक्रीदर १४१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा ,युके […]

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा […]

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसैबिच राष्ट्रियसभाले आज […]

घटस्थापनादेखि सवारी साधनलाई रुट परमिट खुला

काठमाडौँ, भदौ ३१ गते । घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई  नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन […]

सचिवस्तरका २१ निर्णय : सिंहदरबारका कवाडी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लैजाने

काठमाडौँ, भदौ ३१ गते।  सरकारले सिंहदरबार परिसरमा जलेर पूर्णरुपमा क्षति भएर प्रयोगमा आउन नसक्ने सवारी साधन, विभिन्न यन्त्र, उपकरण तथा फर्निचर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा लैजाने तयारी गरेको छ। सचिवस्तरीय बैठकले २१ बुँदे प्रस्तावित निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी गराएको हो। त्यहाँबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रक्रिया बमोजिम तत्काल […]

बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ, भदौ ३१ गते।  विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ। नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो। असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन […]

रोजगारीका लागि भारत गएका चार जनाको मृत्यु

सल्यान, भदौ ३१ गते । भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप गाडी दुर्घटना हुँदा मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, […]

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

फुङलिङ, भदौ ३१ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व. खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका […]

कतै त्रिपाल कतै परिसरबाटै सेवा

तुलसीपुर, भदौ ३१ गते । जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् । आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल