alliance khabar

शुक्रबार, जेठ २२, २०८३

हेटौँडा, जेठ २२ गते । 

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रकृतिमैत्री जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले सबै मिलेर कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसलाई हुर्काउने साझा संकल्प गर्न आग्रह गर्नुभएको हो ।

“प्रकृति हुर्के मात्र मानव सभ्यताको रक्षा हुन्छ, तसर्थ स्वच्छ, सफा र हरियाली राष्ट्र निर्माण गर्ने राज्यको संकल्पलाई साकार पार्न स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र र सरकारी निकायबिच बलियो सहकार्यको अपेक्षा गर्दछु,” उहाँले भन्नुभएको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाल, जलस्रोत, जैविक विविधता र कृषि प्रणालीमा परिरहेको वर्तमान अवस्थामा वातावरण संरक्षणप्रति थप जिम्मेवार बन्न उहाँले सबैलाई सचेत गराउनुभएको छ । आफ्नो वरपरको वातावरण स्वच्छ राख्न, वन तथा वनस्पतिको जगेर्ना गर्न, प्लास्टिकजन्य फोहोरको न्यूनीकरण गर्न र नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिन प्रत्येक नागरिकको सानो प्रयास पनि महत्त्वपूर्ण सावित हुने उहाँले बताउनुभयो ।

दिवसका अवसरमा उहाँले बागमती प्रदेश तथा स्वदेश–विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै हाम्रो अस्तित्व, स्वास्थ्य र समृद्धि स्वच्छ वातावरणमै निर्भर रहने स्पष्ट पार्नुभयो । बढ्दो शहरीकरण, औद्योगिकीकरण र मानवीय क्रियाकलापका कारण प्रकृति तथा पर्यावरणमा अभूतपूर्व चुनौतीहरू थपिएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल