गोरखा २९ साउन : केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूला–ठूला […]
म्याग्दी, २९ साउन : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल […]
काठमाडौँ, २८ साउन अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग जानकारी लिनुभएको छ । अर्थमन्त्री महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई अर्थमन्त्रालयमा छलफलका लागि बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिनुभएको हो । पछिल्लो समय अर्थमन्त्री महतले […]
काभ्रे, २८ साउन काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्याएको हो । मुख […]
काठमाडौँ, २८ साउन नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ […]
देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । “शिक्षकमात्र हुँदा […]
दैलेख, २८ साउन : भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उहाँहरु मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको […]
भरतपुर, २८ साउन : चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको […]
म्याग्दी, २८ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० […]
खोटाङ, २८ साउन : स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका […]