भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा), साउन ११  गते :  प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार […]

दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु

नारायणगढ साउन ११ गते : भरतपुर महानगर पालिका वडा नम्बर १ भतेरी जङ्गलस्थित नारायणगढ मुग्लिङ सडक खण्डमा शुक्रवार बिहान ६:१० बजे दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुई  ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख […]

आजको राशिफल २०८१ साउन ११ – 26, July, 2024, शुक्रबार

मेष–  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष–  व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ […]

भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना

काठमाडौँ, साउन १० गते ।  छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको […]

खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा

दार्चुला, साउन १० गते । नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताउनुभयो । […]

हैजाको जोखिम

काठमाडौँ, साउन १० गते। चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन […]

कस्तो हो जहाजको ‘सी चेक’ ?

काठमाडौँ, साउन १० गते । पोखरा विमानस्थलका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट २० तर्फ उड्ने क्रममा धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा प-यो । जहाज हरेक दुई वर्षमा गर्नुपर्ने विस्तृत मर्मतसम्भार ‘सी चेक’ का लागि प्राविधिक र कर्मचारीसहितको टोली बोकेर काठमाडौँबाट पोखराका लागि उडेको थियो । ९ एन एएमई (सिआरजे २००) जहाज बुधबार बिहान […]

आज भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, साउन १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर […]

एघार उद्योग निर्माणाधीन

हेटौँडा, साउन १० गते । क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा आव २०८०÷८१ मा ११७ वटा उद्योग सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी काशिराम घिमिरेले जानकारी दिनुभयो । उहाँले दिएको तथ्याङ्क अनुसार […]

एक वर्षमा एक हजार ३४६ को मृत्यु

काठमाडौँ, साउन १० गते ।  सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल