alliance khabar

शनिबार, आश्विन १२, २०८१

वराहक्षेत्र, असोज १२ गते ।

सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।

पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५ लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । शनिबार बिहानबाट पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो ।

अविरल वर्षासँगै सप्तकोसी नदीमा दुई दिनदेखि पानीको बहाव उच्च हँुदै आएको थियो । शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ३६ हजार १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो ।

नदीमा पानीको बहाव बढेर ८ बजे ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेन्ड पुगेको थियो । त्यस्तै १२ बजे ५ लाख ७ हजार ६९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।

९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेजको सबै ढोका खोलिएको भए पनि साँझबाट कोसी व्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ ।

अहिलेसम्म सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताउनुभयो । त्यसयता सबैभन्दा बढी पानीको बहाव आज शनिबार मापन गरिएको छ ।

भूआर्जन अधिकृत सीटौलाका अनुसार कोसीमा ठुला बाढी आएका वर्षहरु क्रमशः सन् १९८७ मा ५ लाख १ हजार ७७१ क्युसेक, सन १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार ११० क्युसेक. पानीको वहाव आएको थियो ।

सन् २०२० मा ३ लाख ३४ हजार नौ सय, सन् २०२१ म २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना बिराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ ।

कोसीमा पानीको बहाव उच्च भएसँगै वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुक्षेत्र जलमग्न भएको छ । टापुबाट भाकलपुर क्षेत्र निक्लिने भूभागमा समेत बाढी आएपछि टापुबासीहरु टापुबाहिर आवतजात गर्न नसकिएको टापुका बद्री राईले बताउनुभयो ।

भारी वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गइरहेको छ । कोशीमा पानीको जलसतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पर्दासम्म कुनै क्षति गरेको छैन । पुर्वी तटवन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धको नजिक आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल